तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच जना पक्राउ


८ चैत्र २०७९, बुधबार
nepal citizenship for tibetan krishna bahadur katuwal and team 1024x624 1

काठमाडौं । पाँच सय बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। प्रहरीले ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

nakkali document kWks4aCVZ8

यो समूहले १० तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । लाइसेन्स र दर्ता विना नै लेखापढी गर्दै आएका उनले हिरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाद दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको प्रहरीको भनाइ छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा उपस्थित गराएर सनाखत गराउने गरेको प्रवक्ता राठौरले बताए ।

पक्राउ परेका न्यूल्केश श्रेष्ठलाई कटवालले मिङछुङ शेर्पा नामको नक्कली नागरिकता बनाइदिएका थिए । त्यसपछि प्रति पटक १० हजार रुपैयाँ दिएर विभिन्न व्यक्तिको नक्कली बाबुको रुपमा प्रशासन कार्यालयमा उपस्थित गराउने गरेका प्रहरीको भनाइ छ । श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको खुलेको छ ।

कटवालले कीर्ते कागजात तयार गरेर तिब्बतीलाई नेपाली नागरिकता बनाइ दिएवापत प्रतिव्यक्ति ३ देखि ५ लाख लिने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी राठौरले बताएका छन् । पक्राउ परेका कटुवाल क्यान्टिन सञ्चालक हुन् । त्यस्तै कटुवालसँगै न्युतकेश श्रेष्ठ र विजय लामा पक्राउ परेका छन् । उनीहरु समातिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयका काडमाडौंका कर्मचारीमाथि निगरानी थालेको छ ।

लामा ९ वर्ष अघिदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको खुलेको छ । उनैले जिल्ला प्रशासनमा मिलाउनुपर्ने कामको जिम्मा लिने गरेका थिए । उनले भित्र मिलाउनुपर्ने भन्दै कटुवालसँग एउटा नागरिकता बराबर १ लाख ५० हजारसम्म लिने गरेको पाइएको छ ।

त्यसैगरी पक्राउ पर्नेमा एकजना तिब्बतीयन शरणार्थी पनि छन् । लोब्साङ ठिन्ले नाम गरेका उनी तिब्बतीय शरणार्थी क्याम्पमै बस्छन् । उनले यही फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठिन्ले गुरुङको नामबाट काठमाडौं महानगरपालिका १७ स्थायी ठेगाना राखेर २७–०१–७१–१५९०१ को नागरिकता नै लिएको खुलेको छ । प्रहरीले नागरिकता लिएका २५÷३० जनाको सक्कलै नागरिकता प्रमाणपत्र पनि बरामद गरेको छ ।

पक्राउ परेका कटुवाल यसअघि पनि कीर्ते र ठगीमा सजाय पाएर छुटेका व्यक्ति रहेको खुलेको छ । उनले ५÷६ वर्षको अवधिमा ५ सयभन्दा धेरै व्यक्तिलाई नागरिकता दिलाइसकेको कुरा प्रहरीले पत्ता लगाएको छ । यो घटनामा अन्य ५ व्यक्तिको पनि संलग्नता पाइएपछि उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अर्का पक्राउ परेका नेपाली नागरिक न्युत्केश श्रेष्ठ र कटुवालले पिङछुङ शेर्पा नामकको नक्कली नगारिकता बनाइ प्रति पटक १० हजार भाडामा दिई बुवाको रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर सनाखत गर्ने गरेको पनि पत्ता लागेको छ ।

श्रेष्ठले हालसम्म तिब्बतीयन शरणार्थीहरु सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कली नागरकिता बनाउन नक्कली बुबा बनेर सहयोग गरेको खुलेको छ । उता कटुवालले तिब्बतीलाई नेपाली नागरिकता दिलाउँदा प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिएको पाइएको छ । यो प्रकरणमा गैरनेपालीलाई नेपाली तिब्बतीय शरणार्थीलाई सक्कली नागरिकता दिलाउने कार्यक्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७