माओवादी केन्द्रसहित ६ पार्टी निकट किसानको माईतीघरमा प्रदर्शन


८ चैत्र २०७९, बुधबार
42 Shares
kisan 1200x560 1

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सहित ६ कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखाद्यको समस्या समाधानको माग राख्दै आज (बुधबार) माईतीघरमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको माईतीघर मण्डलामा रासायनिक मलखाद्यको समस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
kishan andolan1 B7GQMI6qPp

उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताएका छन् । उनले किसानले उत्पादन गरेको वस्तु बजार नपाउने तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको बताए । उनले यो आन्दोलन सातै प्रदेशमा गर्ने पनि जानकारी गराएका छन् ।

प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले नेपाल कृषिप्रधान देश भएपनि किसानहरुले किसान भएर बाच्न सक्ने अवस्था नभएको बताइन् । उनले नेपाली किसानलाई सरकारले समयमा नै मल, बीउ समेत उपलब्ध गराउन नसकेको उनले बताएकी छन् । उनले किसानले उत्पादन गरेका वस्तुहरु सहज रुपमा बजार पाउने अवस्था नभएको भन्दै सरकारले उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिदिनुपर्ने माग राखिन् ।

jagdamba.cement
rbbbb

किसान संगठनहरूको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखाद्यको समस्या समाधान गर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रदर्शनमा माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघको सहभागी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७