मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने


८ चैत्र २०७९, बुधबार
manthali

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ । महासङ्घले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त सांस्कृतिक सम्मिलन गर्न लागेको जानकारी दिएको हो ।

सम्मिलनले बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाको पहिचान, साहित्य लेखनका प्रमुख प्रवृत्ति पहिल्याउनुका साथै प्रदेशभित्रका स्थापत्यकला, चित्रकला, मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्नुका साथै मूल प्रवृत्ति पहिचान गरी बागमती प्रदेशभित्र रहेका सांस्कृतिक एवं अन्य सम्पदाको पहिचान र तिनको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विमर्शबाट नीति निर्माणमा सहयोग पुग्ने समेत विश्वास व्यक्त गरिएको छ ।

रामेछापका खाडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले ऐतिहासिक भूमिमा सम्मिलन गर्न लागेकोप्रति खुशी व्यक्त गर्दै उक्त कार्यक्रमले रामेछापको कला, साहित्य, गीत, सङ्गीतलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्ने बताए ।

नेकपा (एमाले) का जनसांस्कृतिक महासङ्घ, नेपालले इञ्चार्ज माधव प्रधानले त्यो क्षेत्रमा रहेका लोकसंस्कृति, कला, लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने उद्देश्य रहेको धारणा राखे ।

सम्मिलनका अवसरमा चिरायु अस्पतालका सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । चिरायु अस्पतालमा निर्देशन डा. सञ्जीवराज भण्डारीले जनसांस्कृतिक महासङ्घसँग मिलेर चिरायु अस्पतालमा निःशुल्क स्वास्थ सञ्चालन गर्ने र मन्थलीका मानिसलाई सेवा दिन पाउँदा खुशी लागेको बताए । गायक अमृत खातीले पहिलो पटक रामेछापमा सम्मिलन गर्न लागेको भए पनि बागमती प्रदेशमा १३ वटै जिल्लामा रहेका लोकसंस्कृति, कला, साहित्य लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७