बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाबाट हुनुपर्छ : मनिष सुमन

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी नेपालले दाबी गरेको छ । यसअघि उक्त क्षेत्रमा आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले आफूहरुको दाबी रहने जसपा प्रवक्ता मनिष सुमनले बताएका छन् ।
आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता सुमनले यस्तो बताएका हुन् । ‘बारा–२ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुनेछ भन्ने अपेक्षा छ । त्यसमा हाम्रो हक लाग्छ र हाम्रैतर्फबाट हुन्छ,’ उनले भने ।
प्रवक्ता सुमनले बैठकले चैत्र २७, २८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र आफू रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि जानकारी दिए ।