लाओससँगको खेलमा नेपाललाई २–० को अग्रता, अनन्त र नवयुगको गोल


८ चैत्र २०७९, बुधबार

काठमाडौँ । प्रधानमन्त्री कप थ्री नेसन्स फुटवल कपमा लाओससँगको खेलमा नेपालले २–० गोलको अग्रता बनाएको छ । अहिले दोस्रो हाफको खेल चलिरहेको छ ।

नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई १–० ले अग्रता दिलाएका थिए । यस्तै नवयुग श्रेष्ठले खेलको ५५ औं मिनेटमा गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाए ।

NP KTM 20230322182226 0D3A65441

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्ने छ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७