२०७९ चैत ९ गते बिहीबारको तपाईको राशिफल
चैत शुक्ल द्वितीया पञ्चाङ्गः ब्रह्म बालव रेवती, विश्व मौसम विज्ञान दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन खिन्न हुने स्थिति आउने छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु होला । राजनीतिक कार्यमा बाधा पनि आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिना मसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने छ । सजिलै अरूको मन जित्न पनि सकिने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक र सामाजिक महत्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ने छ । परोपकारी कार्यमा संलग्न भइनेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल