लोसपा कार्यकारिणी समितिको वैठक बस्दै, सरकारमा जाने तयारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज (बिहीबार) कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिएका छन् । लोसपाले सरकारमा सहभागी हुने तयारी थालेको छ ।
सरकारमा सहभागिता साथै आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न लोसपाले बैठक बोलाएको हो । लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
तर सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा समेत छलफल गर्नेछ । यस्तै तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले र चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको छ ।