कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही


९ चैत्र २०७९, बिहीबार
yogendra shahi

सुर्खेत । कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि योजना आयोगको सदस्य भइसकेका व्यक्ति हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका शाही बौद्धिक नेताका रूपमा परिचित छन् । शाही दैलेखका हुन् ।

यस्तै मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा रुकुम पश्चिमका भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । शर्मा कर्णाली प्रदेशका पूर्व मुख्य सचिव हुन् । वरिष्ठ आर्थिक सल्लाहकारमा भने शालिकराम पोख्रेललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७