महेन्द्र बहुमुखीमा अनेरास्ववियुको प्यानल नै विजयी


९ चैत्र २०७९, बिहीबार
mahendra bahumukhi college birjung

नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । नेविसंघका जीवनराम सुवेदीलाई ९० मतान्तरले पराजित गर्दै माधव खत्री स्ववियु सभापति निर्वाचित भएका हुन् । खत्रीले ७५६ मत ल्याउँदा सुवेदीले ६६६ मत ल्याएका थिए ।

सचिवमा हरेन्द्रबहादुर विक ९७६ मत र कोषाध्यक्षमा भरतराज बुढाथोकी ८७७ मत ल्याएर विजय भएका छन् । सदस्यहरूमा सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरिञ्जीवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।

४ हजार १२२ मतदाता रहेको क्याम्पसमा १ हजार ६९२ मत खसेको थियो । २०६५ सालयता महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७