महोत्सवमा महिलाको पञ्चेबाजा


९ चैत्र २०७९, बिहीबार
Panche baja mahotari

महोत्तरीको बर्दिबासमा जारी चौथो बर्दिबास महोत्सवमा पञ्चेबाजा (नौमती बाजा) साथ साँस्कृतिक कार्यक्रम देखाउँदै सिन्धुली कलाघरका कलाकार । पछिल्लो समय महिला कलाकारहरु संगठित भएर नौमती बाजा बजाएर आम्दानी समेत गर्ने गरेका छन् । विगतमा दलित समुदायका पुरुषहरुले मात्र पञ्चेबाजा बजाउनु पर्छ भन्ने पुरातन मान्यतालाई तोड्दै अहिले महिलाहरुले नै कलालाई जातसँग जोडेर हेर्न नमिल्ने भन्दै अभियान नै अघि बढाएका छन् । महिलाहरुको यो सक्रियताले नेपाली साँस्कृतिक बाजागाजाको संरक्षण मात्र भएको छैन । जातीय विभेदविरुद्ध सकारात्मक सन्देश समेत दिएको छ । तस्वीर : गोपाल बराल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७