गोरखामा हिउँ पहिरोमा फसेका दुई जनाको सकुशल उद्धार

गोरखा, ९ चैत । उत्तरी गोरखाको हिउँ पहिरोमा फसेका दुई जनाको सकुशल उद्दार गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासी दलदले सौरभ खनाल र उनकी साथी अनिता बुधबार साँझदेखि हिउँ पहिरोमा फसेका थिए । बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरुलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो ।