लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको तयारी


९ चैत्र २०७९, बिहीबार
lilaraj giri

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । समर्थन फिर्ताको निर्णय गर्न अहिले माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसिरहेको छ ।

प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । गत पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा र जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए ।

तर, केन्द्रमा एमाले बाहिरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि देखिएको छ । लुम्बिनी सरकार ढालेर नेतृत्व हत्याउने कसरतमा माओवादी रहेको छ । यअघि नै माओवादीले कांग्रेसलाई लुम्बिनीको मुख्यमन्त्री दिन नसक्ने बताइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७