बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । हिजो (बुधबार) तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज (बिहीबार) भने एक हजार दुई सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।