शुल्क आतंक मच्चाउने विद्यालयलाई भक्तपुर नगरपालिकाले कारबाही गर्ने


१४ बैशाख २०७५, शुक्रबार
bhaktapur

काठमाडौं, १४ बैशाख । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायतका संयुक्त विद्यार्थी संगठनले निजी स्कुलहरुको शुल्क आतंक बन्द गराउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई शुक्रबार ध्यानाकर्षण गराएको छ ।

bhaktapur
नगरप्रमुख प्रजापतिलाई ध्यानाकर्षणपत्र बुझाउँदै संयुक्त विद्यार्थीको केन्द्रीय टीम ।

संयुक्त विद्यार्थी संगठनले शुल्क आतंक बन्द गराउन, अटेरी गर्नेहरुलाई कारबाही गर्न र सार्वजनिक शिक्षाको गुणस्तरीयता र बिश्वसनीयता बृद्धि गर्न प्रभावकारी भूमिका निर्वाहका लागि नगर प्रमुख प्रजापतिलाई ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले बताएका छन् ।

संयुक्त विद्यार्थीको केन्द्रीय टीमको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका इलाकामा शुल्क आतंक मच्चाउनेलाई कारबाही गरी सार्बजनिक शिक्षाको गुणस्तर बृद्धिमा दिलोज्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ध्यानाकर्षण पत्र बुझाउने यो क्रम आइतबार र सोमबार पनि मुलुकभरका पालिकाहरुमा जारी रहने प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७