रोनाल्डो र केनको कीर्तिमान


१० चैत्र २०७९, शुक्रबार
ronaldo

काठमाडौं । क्रिस्टियानो रोनाल्डो पुरुषतर्फको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । बिहीबार युरो २०२४ को छनोटमा लिख्टेन्सटाइनविरुद्ध १९७ औँ खेल खेल्दै रोनाल्डोले सो कीर्तिमान बनेका हुन् । ३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेका थिए ।

लिख्टेन्सटाइनलाई ४–० गोलले हराउने क्रममा रोनाल्डोले दुई गोल पनि गरे । योसँगै अन्तर्राष्ट्रिय खेलमा उनको गोल संख्या पनि कीर्तिमानी १२० पुगेको छ । सन् २००३ मा पोर्चुगलका डेब्यु गरेका रोनाल्डो गत वर्ष पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

बिहीबार राति भएको खेलको आठौँ मिनेटमा जोआ क्यानसलोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रोनाल्डोले गोलका थुप्रै अवसर गुमाए । दोस्रो हाफको सुरुवातमा नै बर्नार्डो सिल्भाले पोर्चुगलको अग्रता दोब्बर बनाए । ५१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ६३ औँ मिनेटमा उनले अर्को गोल थपेका थिए ।

आफ्नो करियरमा रोनाल्डोले सात वटा घरेलु लिग उपाधि, ११ अन्य घरेलु ट्रफी, पाँच च्याम्पियन्स लिग, चार क्लब विश्वकप र एउटा युरो कपको उपाधि जितेका छन् । यस बाहेक उनी पाँच पटकको बालोन डि’ओर विजेता तथा दुई पटकको फिफा वर्ष पुरुष खेलाडी पनि हुन् । गत नोभेम्बरमा उनी शीर्ष तहमा ८ सयभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७