रेडियो नेपालको पहिलो समाचार बाचिका कृष्णा ताम्राकारको निधन


१० चैत्र २०७९, शुक्रबार
krishna tamrakar KJcw1rXlTZ

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवं रेडियो नेपालकी पहिलो समाचार वाचिक कृष्णा ताम्राकारको बिहीबार राति निधन भएको छ । केही दिनयता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना भएकी ८६ वर्षीया ताम्राकारको उपचारकै क्रममा निधन भएको हो । रेडियो नेपालबाट सञ्चार जगतमा प्रवेश गरेकी ताम्राकार लोकप्रिय समाचारबाचक थिइन् ।

२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन् । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो । रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् ।

आफ्नो पेशाका अन्तिम दिनहरुसम्म पनि सञ्चारकर्ममा सक्रिय थिइन् । ईमेज एफएम ९७.९ मा उनले उज्यालो नामको कार्यक्रम सञ्चालन गरिरहेकी थिइन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७