प्रचण्डलाई माधव नेपालको सुझाव : तपाईं पैसाको लोभ नगर्नुस् है


१० चैत्र २०७९, शुक्रबार
301 Shares
madhav nepal
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पैसाको लोभ नगर्न सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष नेपालले पैसाको लोभ नगर्न सुझाव दिएका हुन् ।

शुक्रबार दिउँसो काठमाडौंमा पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीसँगको भेट बारेमा भने, ‘‘आज बिहान मात्रै मैले प्रधानमन्त्रीजीलाई भनेँ-यो जीन्दगीमा धन भन्ने चिजले के गर्छ हँरु तपाईंको श्रीमती अस्वस्थ भई कष्टपूर्ण जीवन बिताउँदै हुनुहुन्छ। त्यसबाहेक तपाईंका सन्तान सबै हुर्किसकेका छन्। त्यसो हुनाले तपाईं पैसाको लोभ नगर्नुस् है ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर अस्वीकार गरेको बताए । उनले भने, ‘हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । कांग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो । इज्जत र प्रतिष्ठाभन्दा ठूलो केही छैन । राष्ट्रपति पाउनु कुनै ठूलो कुरा थिएन । मैले धोका दिने ढंगले अघि बढ्न चाहिनँ ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७