पहिचानवादी संघर्ष समितिले ‘कोशी’ विरोधमा आन्दोलन चर्काउने


१० चैत्र २०७९, शुक्रबार
koshi 222

काठमाडौं । चैत ५ गते भएको आन्दोलनमा पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।

कोशी प्रदेशको नामकरणको विरोध गरिरहेको संयुक्त संघर्ष समितिको शुक्रबार बसेको आपतकालीन बैठकले ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनकारी लिम्बू ९लाजेहाङ०लाई शहीद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने पनि बताएको छ ।

यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमासमेत विरोधसभा गर्ने, चैत्र ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय गरेको जनाइएको छ ।

337416289 643690637565733 5725673184585879625 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७