रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड


१० चैत्र २०७९, शुक्रबार
KrishnaDawadi Kaski RSS 10 ChiefMinister
pb3f6g ;df/f]xdf d’VodGqL clwsf/L sf:sL,!) r}t M ufpFkflnsf /fli6«o dxf;ª3 g]kfn u08sL k|b]zsf] bf];|f] clwj]zgsf] z’qmaf/ kf]v/fdf pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ d’VodGqL vu/fh clwsf/L . tl:a/ M s[i0f bjf8L÷/f;;

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएको छ । पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राखे ।

“समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न देशमा उद्योग, व्यवसाय फस्टाउनुपर्छ, रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने । सामूहिक लगानीमा जोड दिँदै राज्यले व्यवसायमैत्री नीति ल्याउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा सेवामूलक व्यवसायको पनि उत्तिकै भविष्य रहेको बताए ।

होटल पौवा प्रालिले रु १० करोडको लगानीमा पोखरामा आतिथ्य सेवा विस्तार गरेको हो । लेकसाइडमा सञ्चालनमा आएको उक्त होटल पौवाको एघारौँ शाखा हो । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो ।

आतिथ्य सेवामा प्रालिले हालसम्म झन्डै ६० करोड लगानी गरिसकेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७