कोशी प्रदेशमा एमालेलाई दिएको समर्थन कामय राख्ने मा‌ओवादीको निर्णय


१० चैत्र २०७९, शुक्रबार
175 Shares
Indra Anbo

काठमाडौं : कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिने भएको छ। एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारबाट बाहिरिएको माओवादी केन्द्र कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको हो ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरु तत्काल फिर्ता नहुने बताएका हुन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले अन्य प्रदेश भन्दा कोशी प्रदेशमा तत्काल सत्ताको समीकरण फेरिने अवस्था नरहेको बताए। ‘अरु प्रदेशको सत्ताको समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले कोशी प्रदेशमा मध्यावधिमा जाने कुरा पनि हल्ला मात्रै भएको बताए । ‘मध्यावधिमा जाने कुरा कहाँबाट आयो । कुनैपनि हालतमा प्रदेश मध्यावधिमा जाने कतैपनि सम्भावना छैन । यो सामान्य गणितले पनि त्यही भन्छ । दोस्रो कुरा सभामुखको राजीनामा बारे हामीले कल्पना पनि गरेका छैनौं । सभामुखले राजीनामा नगरि पनि सरकार बन्ने कुराको निम्ति कतै पनि अवरोध अहिले छैन,’ उनले भने, ‘जहाँसम्म अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ । अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरु फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौं ।’

केन्द्रको गठबन्धनले पनि हाम्रो कोशी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र सामान्य जानकारी लिने कुरा भएपनि ठोस रुपमा कसरी अगाडि जाने भन्ने बारेमा कुनै निर्देशन नभएको पनि उनले बताए । ‘यहाँ विशिष्ट अवस्था भएको कारणले गर्दा पनि वर्तमान सरकार फेरबदलक र नयाँ सत्ता समीकरणको बारेमा सोचिसकेका छैनौं,’ आङ्बोले भने, ‘अहिले स्थितिको परिपक्वता होस् । समग्र केन्द्रको राजनीतिक अवस्था कसरी अगाडि बढ्छ ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७