निर्देशक समाजको अध्यक्षमा पराजुली


१२ चैत्र २०७९, आईतवार
Capture1679759529

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनमा उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

महाधिवेशनबाट समाजको उपाध्यक्षमा सुभाष गजुरेल, दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह कोषाध्यक्ष राज बस्न्यात छानिएका छन् ।

त्यस्तै सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन र सह सदस्यमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ छानिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७