स्पेनको विजयी सुरूवात


१२ चैत्र २०७९, आईतवार
spain

पेरिस । स्पेनले युरो २०२४ छनोटमा शनिबार विजयी शुरुवात गरेको छ । उसले चोटग्रस्ट इर्लिङ हाल्याण्ड बिनाको नर्वेलाई सजिलै ३–० ले हरायो । वेल्सले भने इञ्जुरी समयको गोलको मद्दतले वेल्सलाई १–१ को बराबरीमा रोक्यो ।

मालागामा भएको खेलमा स्पेनका लागि डानी ओल्मोले पहिलो गोल गरे भने जासेलुले आफ्नो डेब्यु खेलमा दुई गोल थपे । यससँगै स्पेनका नयाँ प्रशिक्षक लुइस डे लाले पनि विजयी सुरुआत लिएका छन् ।

अब तीन पल्टको युरोपेली च्याम्पियन स्पेनले स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्डले अर्को खेलमा साइप्रसलाई समूह ‘ए’ मा ३–० ले नै हरायो । अन्य खेलमा टर्कीले आर्मेनियालाई २–१, स्विटजरल्याण्डले बेलारुसलाई ५–० र रोमानियाले एन्डोरालाई २–० ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७