अमेरिकामा आँधीबाट २३ जनाको मृत्यु


१२ चैत्र २०७९, आईतवार
destructive tornado in mississippi 1679751887

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । आँधीबाट दर्जनौ घाइते भएको र चार जना बेपत्ता भएको बताइएको छ ।

मिसिसिपी आपतकालीन व्यवस्थापन एजेन्सीले पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको बताएको छ । आँधी आएपछि खोज तथा उद्धार कार्य भइरहेको छ ।

आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीबेहरीले राज्यभरका समुदायलाई क्षति पुर्‍याएको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।

प्रसारक एबीसीका अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर (७० माइल) उत्तरमा रहेको शार्की र हम्फ्रेस काउन्टीहरूमा खोजी र उद्धार कार्यहरू भइरहेको छ । अलजजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७