मोरोक्कोले पहिलो पटक ब्राजिललाई हरायो


१२ चैत्र २०७९, आईतवार
morokko 1536x1536 1

काठमाडौं । कतार विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरोक्कोसँग पराजित भएको छ । आइतबार बिहान भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा अफ्रिकन टोली मोरक्कोले पहिलो पटक पाँच पटक विश्वकप फुटबल विजेता बनेको ब्राजिललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

मोरक्कोको जितमा सोफियाने बोउफलले २९ औं मिनेटमा र अब्देलहामिद सबिरीले ७९ औं मिनेटमा एक एक गोल गरेका थिए । यसैगरी ब्राजिलका क्यासेमिरोले ६७ औं मिनेटमा एक गोल गरेका थिए ।

मोरक्को हालै सम्पन्न २०२२ को विश्वकपमा पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो । क्वाटरफाइनल खेलमा पोर्चुगललाई पराजित गर्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ ।

मोरक्को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोसियासँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७