जनताले सत्ता गठबन्धनको तमाशा हेरिरहेका छन् : एमाले उपाध्यक्ष पौडेल


१२ चैत्र २०७९, आईतवार
SureshAcharya Surkhet RSS 12 20230326 091306

सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यो सरकारले समृद्वि दिन नसक्ने दावी गरेका छन् ।
सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अवस्थामा समृद्वि अपेक्षा गर्न नसक्ने बताएका हुन् । अहिले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको उनले बताए ।

‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । जनताले गठबन्धनको तमासा हेरिहेका छन् ,’ पौडेलले भने । सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री समस्यामा परेका पौडेलको धारणा छ । पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।

पौडेलले देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको जिकिर गरेका हुन् । यस क्रममा उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप पनि लगाए ।

‘मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौँ’, उनले भने, ‘सम्बन्धबाट घर्किन थाल्नु भयो । धोका दिएर फर्किनु भयो ।’ अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न पनि चर्को समस्या परिरहेको टिप्पणी उनले गरे । उनले भने, ‘यो सरकारको ध्यान जनताको समस्यातिर छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७