गोरखा दरबारमा राष्ट्रपति पौडेलको आधा घण्टा पूजापाठ


१२ चैत्र २०७९, आईतवार
ramchandra 2

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल गएका हुन् ।

राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पण गरेका छन् भने उनले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आधा घण्टा पूजापाठ समेत गरेका छन् ।

पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकन समेत गरेका छन् । उनीसँगै गोरखा क्षेत्र नं. १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७