एसईई परीक्षा आफूले पढेकै विद्यालयमा हुनुपर्छ : सांसद बस्नेत


१२ चैत्र २०७९, आईतवार
shakti basnet
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले एसईई परीक्षा आफूले पढेकै विद्यालयमा हुनुपर्ने बताएका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद् बस्नेतले होम सेन्टरमै परीक्षाको व्यवस्था मिलाउनु पर्ने बताएका हुन् ।

बस्नेतले भने, ‘कक्षा ९ देखि १२ लाई माध्यामिक शिक्षा भनिएको छ । एउटा विद्यालयमा पढिरहेका विद्यार्थी अर्को परीक्षा केन्द्रमा जाँदा विद्यार्थी मात्रै नभएर अभिभावकलाई टर्चर भएको छ ।’ यस वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७