भारतको रकेटले प्रक्षेपण गर्‍यो वानवेबका ३६ ब्रोडब्यान्ड स्याटेलाइट


१२ चैत्र २०७९, आईतवार
india

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) को सबैभन्दा शक्तिशाली रकेटले ब्रोडब्यान्ड स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनी वानवेबका ३६ स्याटेलाइट प्रक्षेपण गरेको छ ।

ईसराको लन्च भेहिकल मार्क–३ (एलभीएम ३) रकेटले भारतको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयानुसार आइताबर बिहान करिब ९ बजे ‘लिफ्ट अफ’ गरेको थियो । आइतबार बिहानै १० बजेतिर ईसरोले सबै स्याटेलाइटहरू सफल रूपमा लो अर्थ अर्बिट (एलईओ) मा स्थापित भएको जनाएको छ । यी स्याटेलाइटहरू पृथ्वीबाट ४५० किलोमिटरमाथि छोडिएको छ । आउँदा केही दिनमा आफै पृथ्वीबाट १२ सय किलोमिटरमा स्थापित हुनेछन् ।

योसँगै वानवेबसँग अन्तरिक्षमा रहेका ब्रोडब्यान्ड स्याटेलाइटको संख्या ६१८ पुगेको छ । यसअघि, १७ प्रक्षेपण बढीजसी रुसी अन्तरिक्ष एजेन्सीबाट गरेर वानवेबले ५८२ स्याटेलाइट अन्तरिक्षमा राखिसकेको छ । स्पेसएक्सको स्टारलिंक र अमेजनको कुइपरझैं वानवेबले सन् २०२३ भित्रमा अन्तरिक्षबाट व्यावसायिक रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने योजना राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७