११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित


१२ चैत्र २०७९, आईतवार
miter pidit
फाइल फोटो

काठमाडौँ । मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेका पीडितहरू आज (आइतबार) ११ औं दिन काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज काठमाडौँको चन्द्रागिरि नगरपालिका मातातीर्थ आइपुगेको हो । बालबच्चा बोकेका महिलाहरु समेत पैदल मार्चमा सहभागी छन् ।

मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याजपीडित चैत २ गते काठमाडौँका लागि हिँडेका थिए ।

भोलि (सोमबार) देखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ । तमसुक व्यवस्था खारेज गर्नुपर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने लगायका माग उनीहरुले राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७