कांग्रेस उपसभापति खड्काले संसदमा मागे माफी


१२ चैत्र २०७९, आईतवार
525 Shares
purna bhadur khakda
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सांसद् पूर्णबहादुर खड्काले संसदमा माफी मागेका छन् । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा नियमापत्ति जनाएपछि खड्काले माफी मागेका हुन् । बर्तौलाले भने, ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । सदनको गरिमालाई धज्जी उडाउँदै माननीय सदस्यबाट यसप्रकारको काम भइरहको छ ।’

बर्तौलाले प्रतिनिधि सभा नियमावलीको प्रावधान उल्लंघन गरी मर्यादा विपरीत काम भइरहेको बताएका छन् । बैठकमा सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेको बेला सांसद खड्का बैठक हलमा प्रवेश गरेका थिए्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सांसद खड्का अर्का सांसद अधिकारी बोलिरहेका बेला अगाडिबाट आफ्नो सिटमा गएर बसेका थिए । बर्तौलाले भविष्यमा अरू सांसदहरूलाई पनि काम लाग्ने बताएका थिए । लगत्तै सांसद् खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागे ।

खड्काले भने, ‘अनदेखाको कारणले माननीयले उल्लेख गर्नु भए अनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरें, त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’ सभामुख देवराज घिमिरेले नियमापत्तिको सांसद्ले उठाएका कुराहरूलाई उचित ढंगबाट ध्यान पु¥याउन आग्रह गरे ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७