मुम्बइले जित्यो ‘वुमन्स प्रिमियर लिग’ को उपाधि


१३ चैत्र २०७९, सोमबार
129158510 gettyimages

मुम्बई । ‘वुमन्स प्रिमियर लिग’ को पहिलो सिजनको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो, जुन मुम्बईले अन्तिम ओभरमा नेट सिभर–ब्रन्टको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतले पुरा गरेको थियो। सिभर–ब्रन्ट प्लेयर अफ द म्याच चुनिइन् । उनले ५५ बलमा ६० रन बनाइन् ।

तर, मुम्बई इण्डियन्सको सुरुवात खासै राम्रो भएन । दोस्रो ओभरमा यास्तिका भाटिया चार रनको व्यक्तिगत स्कोरमा आउट भइन् । चौंथो ओभरमा हेली म्याथ्युजलाई जेस जोनासेनलाई प्याभिलियन फर्काए । यसपछि कप्तान हरमनप्रीत कौर र नेट सिभर ब्रन्टबीच राम्रो साझेदारी देखिएको थियो । हरमनप्रीत कौर ३७ रन बनाएर रनआउट भइन् ।

यसअघि शिखा पाण्डे र राधा यादवको उत्कृष्ट ब्याटिङको आधारमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो । दिल्ली क्यापिटल्सको सुरुवात निकै खराब रह्यो । मुम्बई इण्डियन्सका बलर इसी वोङले दोस्रो ओभरमा दुई विकेट लिएर दिल्ली क्यापिटल्सलाई ठूलो झटका दिइन् ।

त्यसपछि दिल्ली क्यापिटल्सको टोलीले पुनरागमन गर्न सकेन र लगातार विकेटहरू झर्दै गयाे । तर अन्तिम ओभरमा दिल्ली क्यापिटल्सका लागि शिखा पाण्डे र राधा यादवको जोडीले द्रूत रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए । दुवैले २७–२७ रन बनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७