०४६ पछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा पर्‍यो : सिंह


१३ चैत्र २०७९, सोमबार
Prakashman
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे ।

उनले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न पनि आवश्यक रहेको बताएका छन् ।

उनले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताए । ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरुले दिएको हामीले पाएका छौँ’, उनले भने, ‘तर २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस पोलिटिक्समा रुपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौं, त्यसमा सबैले मनन गरौं ।’

नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गरेका देन समाजले सम्झिरहने बताए । ‘आजको दिनमा सपना राजभण्डारी ज्युले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जिवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको छ,’ सिंहले भने, ‘स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गर्नुभएको देन समाजले बिर्सिने छैन । कदर गर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७