राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति


१३ चैत्र २०७९, सोमबार
Ramchandra poudel 5 scaled

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । आज (सोमबार) काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् । उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने पनि बताए ।

Namindraraj joshi

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ,’ राष्ट्रपति पौडेलले थपे, ‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नविन्द्र यही दर्शनबाट प्रभावित थिए ।’

उनले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रुपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने पनि बताएका छन् । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताए ।

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा स्व. जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसात गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए ।

Namindraraj Joshi 1

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उद्योगमन्त्री स्व. नविन्द्रराज जोशीको शालिकमा माल्यार्पण गरेका छन् । काठमाडौं महानगरपालिका–१९ यटखास्थित कुमार मन्दिर परिसरमा राष्ट्रपति पौडेलले जोशीको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण गर्न काठमाडौं निर्वाचन क्षेत्र नं. ८ ले सोमबार बिहान कुमारी मन्दिरमा कार्यक्रम गरेको थियो ।

कांग्रेस पूर्व केन्द्रीय सदस्य जोशीको मष्तिष्कघातका कारण १३ चैत ०७७ मा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । संविधान सभा सदस्य उनी काठमाडौं महानगरपालिकाका पूर्व उपप्रमुख हुन् । नेपाल विद्यार्थी संघका महामन्त्री समेत भएका उनी गणेशमान सिंह अध्ययन स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७