भोलिसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने प्रचण्ड, देउवा र नेपालबीच सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि पूर्णता पाउने भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।
भोलि (मंगलबार) ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । शीर्ष तीन नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिन भोलि मंगलबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको मल्लले जानकारी दिए ।