दिल्लीलाई नयाँ कप्तान  श्रेयस अय्यरले जिताए


१५ बैशाख २०७५, शनिबार
dihli derdevils

काठमाडौं, १५ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सलार्इ नयाँ कप्तान श्रेयस अय्यरले  खेल जिताएका छन् ।  हारको सिलसिला तोड्दै दिल्लीले कोलकाता नाइटराइडर्समाथि ५५ रनको जित निकालेको छ । यो जितसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ । लगातार हारकाे जिम्मेवारी लिदै दिल्लीका कप्तान गाैतम गम्भिरले राजिनामा दिएका थिए । dihli derdevils

शुक्रबार राति कोटाला मैदानमा टस हारेर व्याटिङ गरेको दिल्लीले कोलकातालाई २२० रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ सुरु गरेको कोलकाताले ९ विकेटको क्षतिमा मात्र १६४ रन बनाउन सक्यो ।

कोकत्ताका आन्द्र रसेलले सर्वाधिक ४४ रनको योगदान दिए । शुभमान गिलले ३७, सुनील नारिनले २६ र कप्तान दिनेश कार्तिकले १८ रनको योगदान गरे ।

ब्याटिङमा मात्रै नभएर शुक्रबारको खेलमा दिल्लीका बलरले पनि उत्कृष्ट प्रदर्शन गरे । ट्रन्ट बोल्ट, आभेष खान, अमित मिश्र, म्याक्सवेल चारै जनाले समान २–२ विकेट लिँदै कोलकत्ताको ब्याटिङ लाइन धरासायी बनाए । अर्का बलर लियम प्लुंकेटले विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा जम्मा २४ रन मात्रै दिए ।

लगातार खराब प्रदर्शनका कारण कप्तानी छोडेका गौतम गम्भीरपछि दिल्लीको कप्तानीको जिम्मेवारी अब २३ वर्षीय श्रेयस अय्यरमाथि सुम्पिएको छ।

दिल्लीका नयाँ कप्तान श्रेयस अय्यर ४० बलमा ९३ रन बनाए । १० छक्का र ३ चौका प्रहार गरेका अय्यरले अन्तिम ओरभमा मात्रै ४ छक्का र १ चौकासहित २९ रन जोडेका थिए । कप्तान अय्यरको अलवा दिल्लीका लागि पृथ्वी शाहले ६२, कोलिन मन्रोले ३३ र ग्लेन म्याक्सवेलले २७ रनको योगदान दिए । २१९ स्कोर आईपीएलको यस सिजनको सबैभन्दा उच्च स्कोर हो ।

कोलकत्ता का लागि आन्द्रे रसेल, पियुस चावला र शिभम मावीले १–१ विकेट लिए ।

नेपालका सन्दीप लामिछाने शुक्रबारको खेलमा पनि टोलीमा समेटिएनन् । कप्तानीको जिम्मेवारी त्यागेका गौतम गाम्भीर पनि टोलीमा समावेश थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७