प्रसादको निहुँमा काँग्रेस र समाजवादी फोरमका कार्यकर्ता कुटाकुट, ७ घाइते


४ कार्तिक २०७४, शनिबार
kutakut

काठमाडौं : नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरमका कार्यकताबीच झडप भएको छ । पूजाको प्रसाद खाने विषयमा कार्यकर्ताबीच झडप भएको हो ।
रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा गाउँमा गरिएको पूजाको प्रसाद वितरणबारे समाजावादी फोरमका कार्यकर्ताहरूले काँग्रेस कार्यकर्ता र समर्थकहरुमाथि कुटपिट गरेका हुन् । झडपको क्रममा काँग्रेसका कार्यकता ६ जना घाइते भएका छन् भने समाजवादी फोरमका १ जना घाइते भएका हुन् ।

kutakut

घाइते हुनेमा काँग्रेसका राम रेखा साह, मिश्रीलाल साह, मुकेश साह, विश्वनाथ साह, सिकिलिया देवी र सुनैना देवी छन् । समाजवादी फोरमतका राम विनय साह घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये राम रेखाको अवस्था गम्भीर रहेको छ ।
उनलाई प्राथमिक उपचारपछि उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७