सैनिक स्वास्थ्य महानिर्देशकमा डा. शर्मा नियुक्त, उपरथीसहित तीन जनाको बढुवा

काठमाडौँ । नेपाली सेनामा एक उपरथीसहित तीन अधिकृत बढुवा भएका छन् । प्राविधिक सहायक रथी डा. अरुण शर्मा उपरथीमा बढुवा भएका हुन् ।
चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेका शर्मालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । शर्मालाई प्रधान सेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
पदोन्नती भएसँगै शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए ।
यस्तै प्राविधिकतर्फकै महासेनानी डा. राजिव देव सहायक रथीमा बढुवा भएका छन् । प्रमुख सेनानी डा. राम श्रेष्ठलाई प्राविधिक महासेनानीमा बढुवा गरिएको छ । उनीहरुलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।