नेप्सेमा १७ अंकको वृद्धि, एक अर्ब ३८ करोडको कारोबार


१३ चैत्र २०७९, सोमबार
share market

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय बराबरको कारोबार भएको छ । आज लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अङ्कले बढेको छ । त्यसैगरी लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अङ्कले बढेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै रू पाँच करोड ९० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको दुई लाख ७४ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७