उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो वसन्ती छठ


१४ चैत्र २०७९, मंगलवार
chhat

काठमाडौँ । तराई-मधेसमा मनाइने वसन्ती छठ अर्थात् चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिएको छ ।

षष्ठी तिथिका दिन हिजो निराहार व्रत गरी बेलुका पवित्र जलाशयमा बनाइएको घाटमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएर अर्घ्य दिएर व्रत समापन गरेका छन् ।

मिथिला क्षेत्रमा यो पर्व चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन व्रत बसेर विभिन्न विधिका साथ मनाउने गरिन्छ । यसअघि शनिवार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ अर्थात् नुहाएर शुद्ध खाने विधिबाट पर्व सुरु भएको थियो । पञ्चमी तिथिमा अस्ति व्रतालुले ‘खरना’ विधि गरेका थिए । तराई मधेसमा कात्तिक र चैतमा दुई पटक छठ मनाउने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७