मकवानपुरमा छिमेकीले टोकेर छिनाइ दिए न्यौपानेको कान


१४ चैत्र २०७९, मंगलवार

मकवानपुर । मकवानपुरमा एक किसानको कान छिमेकीले टोकेर छिनाई दिएका छन् । मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरे घर भएका ४९ वर्षीय टेकप्रसाद न्यौपानेलाई उनकै छिमेकीले कुटपिट गरी टोकेर कान नै छिनाइ दिएका हुन् ।

आफ्नै बारीमा सोमबार बिहान मकै छर्न पुगेका ४९ वर्षीय न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाईं र कृष्णप्रसाद चौलागाईंले कुटपिट गरी कान टोकेर छिनाइ दिएका हुन् । न्यौपानेमाथि चौलागाईंद्वयले कुटपिट गरेपछि बायाँ कान टोकेर छिनाइ दिएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले बताइन् ।

संगीताले घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिन पुगेकी थिइन् । तर चौलागाईद्वयविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्नै नमानेको पीडित पक्षले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगडा भएको जनाएको छ । प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले सोमबार नै दुवै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न भनिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७