२०७९ चैत १५ गते बुधबारको तपाईको राशिफल

चैत शुक्ल अष्टमी पञ्चाङ्गः शोभन विष्टि÷भद्रा आर्द्रा, चैते दशैं / सेतो मच्छिन्द्रनाथ रथयात्रा (जनबहाः द्यः रथ जात्रा)


१५ चैत्र २०७९, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिने छ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बोलीवचन एवं प्रवचनभाषण आदिमा प्रशंसा मिल्ने छ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । आफन्तसँग खिन्नता बढ्न सक्छ । सामाजिक काममा व्यस्त हुने समय पनि रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिने छन् । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छन् । पुनर्मिलनको योग पनि छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७