स्पेन ३९ वर्षयता स्कटल्याण्डसँग स्तब्ध


१५ चैत्र २०७९, बुधबार
spain 1

काठमाडौं । उत्कृष्ट प्रदर्शन गरेको स्कटल्याण्डले मंगलबार युरो २०२४ छनोटमा स्पेनलाई २–० ले स्तब्ध बनाएको छ । ह्याम्पडेन पार्कमा भएको समूह ‘ए’ को खेलमा स्कटल्याण्डका लागि दुवै गोल स्कट म्याकटोमीले गरे । स्कटल्याण्डको यो लगातार दोस्रो जित हो र उसको छ अंक भएको छ ।

स्कटल्याण्डले प्रतिस्पर्धात्मक खेलमा स्पेनलाई हराएको यो ३९ वर्षयता पहिलो हो । यसै समूहको अर्को खेलमा जर्जिया र नर्वेले १–१ को बराबरी खेले । मंगलबारका अन्य छनोट खेलमा क्रोएसियाले टर्कीलाई २–०, वेल्सले लात्भियालाई १–० ले हरायो ।

यस्तै, रोमानियाले बेलारुसलाई २–१ र स्विटजरल्याण्डले इजरायललाई ३–० ले पराजित गर्‍यो भने कोसोभो र एन्डोराले १–१ को बराबरी खेले ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७