२३ वर्ष बित्यो, पूरा भएन शहीद उद्यान


१५ चैत्र २०७९, बुधबार
Sahi duhyan Dhankuta

धनकुटा । निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन । विसं २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको रु एक करोड लागतमा २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त १६ शहीदको सम्झनामा उक्त उद्यान निर्माण थालिएको हो । शहीदभूमि–२ र ३ को पातलडाँडामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु गरिएको उक्त उद्यानको बाँकी काम पूरा नहुँदा निर्माण गरिएका संरचना समेत जीर्ण बन्दै गएका छन् ।

हालसम्म सङ्घ र प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत रु दुई करोड आठ लाख खर्च गरेर १२ किलोमिटर सडक, शहीद स्तम्भ तथा विभिन्न संरचना निर्माण गरिएका छन् । बजेट अभावका कारण उद्यानको काम पूरा हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिए ।

उद्यान निर्माणका लागि २०६६ सालमा रु एक करोड, २०७४ मा रु ३८ लाख, २०७५ सालमा रु ४० लाख सङ्घीय सरकार र त्यसपछि २०७६ सालमा रु २० लाख, २०७७ र २०७८ सालमा कोशी प्रदेश सरकारको रु १०-१० लाख खर्च भएको थियो । चालु आवमा बजेट नहुँदा समस्या भएको अध्यक्ष राईले बताए । उद्यान निर्माणको काम पूरा गर्नका लागि प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारेर लगेकाले अब बाँकी काम चाँडै पूरा हुने गाउँपालिका अध्यक्ष मनोज राईको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७