प्रचण्ड र नेपालप्रति पोखरेलको कटाक्ष : एमाले सिध्याउँछौं भन्नेलाई जनताले भित्तामा पुर्‍याए


१५ चैत्र २०७९, बुधबार
Ishwor 1 scaled
फाइल फोटो

रौतहट । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई सिध्याउँछौं भनेर लागेकालाई जनताले भित्तामा पुर्‍याइ दिएको दाबी गरेका छन् । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पोखरेलले एमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्‍याइ दिएको बताएका हुन् ।

पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको माया र स्नेहले नै नेकपा (एमाले) समानुपातिक मतमा पहिलो भएको बताएका छन् ।
पोखरेलले अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको बताए। मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरूका समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको उनको भनाई छ ।

कार्यक्रममा पार्टीका सचिव रघुवीर महासेठले एमाले सालको रुखजस्तो बलियो रहेको बताउँदै मिसन ग्रासरुटमार्फत झन् बलियो बन्ने धारणा व्यक्त गरे । जनताको पार्टी भनेकै एमाले रहेको चर्चा गर्दै उनले एमालेको नीति, विचार, सिद्धान्त र जनजीविकासँगको निकटताका कारण मधेशमा एमाले पहिलो बन्न सफल भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७