२३४ किलो गाँजासहित पाँच जना पक्राउ


१५ चैत्र २०७९, बुधबार
gaja

मोरङ । मोरङ प्रहरीले २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो रंगेली नगरपालिका वडा नं–२ स्थित चेका खोलाबाट गाँजा बरामद भएको हो ।

भारतको अररिया जिल्लास्थित ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

थप गाँजा रंगेली नगरपालिका–३ स्थित वीरबहादुर कार्कीको घरमा लुकाउने गरेको खुल्नेपछि उनीसहित प्रवीण पासवान र विष्णु कान्त मिश्रलाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । सो घरबाट थप ८४ किलो गाँजा भेटिएको प्रहरीको भनाइ छ । प्रतिवादीहरूलाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसुरमा दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७