मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक फरार


१५ चैत्र २०७९, बुधबार
accident 2

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७