एसीसी प्रिमियर कप खेल्न नेपालको प्रारम्भिक टोली घोषणा


१५ चैत्र २०७९, बुधबार
nepali cricket team 1
फाइल फोटो

काठमाडौँ । एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्ने छ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्ने छ । त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

FsW1zxNakAA1Y0L ED708qLQCK

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग र वैशाख १४ गते कतारसँग कीर्तिपुरमा खेल्नेछ । प्रतियोगितामा १० देश सहभागी हुँदैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान तथा समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । यो प्रतियोगिताको शीर्ष टोली पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७