गठबन्धनको बैठकमा आ–आफ्नै दाबीले कुरा मिलेन, दिउँसो ३ बजे फेरि बस्ने

दुई चरणमा मन्त्रिपरिषद विस्तार हुन सक्ने


१५ चैत्र २०७९, बुधबार
Satt Gathabandhan 1 scaled

काठमाडौं । सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो । मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा भएका थिए ।

तर बुधबार बिहान बसेको बैठकमा पनि मन्त्रिमण्डल विस्तारबारे सहमति भइनसकेको गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रालय भागबण्डामा आ–आफ्नो दाबी नछाडेपछि दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धन दलहरुको बैठकमा सहभागी एक नेताका अनुसार दलहरुबीच सहमति नबन्दा मन्त्रिपरिषद् विस्ता दुई चरणमा हुने भएको हो । कांग्रेस नेता रमेश लेखकले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् । ३ बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७