पूर्वराजा ज्ञानेन्द्र शाहले भने, ‘मैले मुलुकको नेतृत्व लिनुपर्ने बेला आयो’


४ कार्तिक २०७४, शनिबार
Ex King Gaynendra

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अब आफूले नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन् । भाई टिका लगाएपछि शाहले जनताले चाहेको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।

Ex King Gaynendra

पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उनकै निवास कमलादीमा टीका ग्रहण गरेपछि भने, ‘अब समय आए जस्तो लाग्छ, जिम्मेवारी लिनु र नेतृत्व लिनु म तयार छु ।’ उनले सांकेतिक रुपमा मुलुकले असल नेतृत्व नचिनेको र नपाएको दाबी गरी गरे । उनले भने, ‘मखमली र गोदाबरीको मालाको महत्व नबुझ्ने तर कागजको मालाको सुबास खोज्ने परिस्थीतिमा हामी हिडिरहेका छौं । नेतृत्व नभएको जस्तो देखिएको छ । अब त्यसैले अब समय जस्तो लाग्छ, जिम्मेवारी दिनु र नेतृत्व लिन म तयार छु ।’

उनले आफू नेतृत्व लिन तयार भएको र त्यसका लागि जनताले साथ दिनुपर्नेमा विशेष जोड दिए। ‘सबै जनताको इच्छा हुनुपर्छ र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्केला। यो सक्रिय हुने र नहुने बेला होइन’, उनले भने, ‘देशको परिस्थितिले मागेको समय आए जस्तो लाग्छ। तर, म फेरि दोहोर्याउछु सबैले यो चाहना गर्नुपर्छ।’

उनले तिहार परिवारमा बस्ने र खुशीयाली मनाउने पर्व भएको उल्लेख गर्दै खुशी भएर बस्न सबैलाई आग्रह गरे। ‘आजको दिन परिवारसँग बस्ने दिन हो र परिवारसँग रमाइलो गरेर बस्ने दिन हो, यो दिनमा सुरक्षित साथ रहनुहोस् खुशी भएर बस्नुहोस्’, उनले भने, ‘तर, जिम्मेवार सबै नागरिकलाई मैले भनेको कुरामा पनि ध्यान दिनुहोस् भन्ने कुरा आग्रह गर्दछु।’

शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत भन्दा एक घण्टा अधि नै टीका ग्रहण गरेका थिए । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताए पनि ज्ञानेन्द्रले भने १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गरेका हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७