सरकारलाई लिङ्देनको प्रश्न : मुठभेडतर्फ जान खोजेको हो ?


१५ चैत्र २०७९, बुधबार
Rajendra li1ngden samsad scaled

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन् ।
आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन मंगलबार माइतीघर पुगेका राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरुद्ध सत्तापक्षका कार्यकर्ताले दुव्र्यवहारको प्रयास गरेको भन्दै त्यस्तो बताएका हुन् ।

माइतीघर पुगेका शाहीलाई मिटरब्याजी पीडितहरुले राजावादीको समर्थन नचाहिने भन्दै नाराबाजी गरेका थिए । ‘एउटा जिम्मेवार दलको जिम्मेवार नेता पीडितहरुसँग ऐकेबद्धता व्यक्त गर्न जाँदा सत्तापक्षका कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो, म त्यसको घोर निन्दा र भत्र्सना गर्दछु’, लिङ्देनले सोधे, ‘के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजवादी हुने छुट कुनै नागरिकलाई छैन ?’

उनले मुठभेड निम्त्याउन अग्रसर नहुन सरकारलाई आग्रह गरे । मिटरब्याजीपीडितको समस्या ढाकछोप नगर्न र समाधान गर्न उनको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७